१) तत्काल मनसुन कमजोर हुने अवस्था नरहेको मौसमविद्को भनाइ, सेती र महाकाली नदी किनारका बस्तीलाई सतर्क रहन आग्रह, थुनिएको मर्स्याङ्दी नदी बग्न थाले पनि जोखिम कायमै। (सेती नदीले खतराको सतह पार गर्यो)
२) प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका निर्णयहरु एकपछि अर्को गरी कानुनी विवादको विषय, २ महिनामा प्रधानमन्त्रीलाई सर्वोच्चका ४ 'झट्का’, मन्त्रिपरिषद् विस्तारको मुद्दा हेर्दाहेर्दैमा। (२ महिनामा प्रधानमन्त्रीलाई सर्वोच्चका ४ 'झट्का’)
३) स्तनपान गराइरहेका नर्सलाई २ वर्षसम्म र ५० वर्ष पुगेकालाई रात्रीकालिन ड्युटीमा खटाउन नपाइने, सम्बन्धित स्वास्थ्य संस्था व्यवस्थापनलाई आन्तरिक रुपमा समाधान गर्ने जिम्मेवारी। (स्वास्थ्य मन्त्रालयको पत्र)
४) म्यानमारको कूविरुद्ध राष्ट्रसंघद्वारा सत्ता हत्याउने सेनामाथि हतियार प्रतिबन्ध लगाउने प्रस्ताव पारित, सूचीसहितका राजनीतिक बन्दीलाई मुक्त गर्न र शान्तिपूर्ण प्रदर्शनकारीविरुद्धको दमन बन्द गर्न आह्वान। (म्यानमार सेनामाथि हतियार प्रतिबन्धको प्रस्ताव पारित)
५) र, युरोकप फुटबलअन्तर्गत आज तीन खेल हुँदै, पहिलो खेलमा फ्रान्सलाई हंगेरीको चुनौती, दोस्रोमा पोर्चुगल र जर्मनी तेस्रो खेलमा स्पेन र पोल्यान्डबीच प्रतिस्पर्धा हुने। (युरोकप फुटबलमा आज तीन खेल)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।