काठमाडौं– असार १ गते सिन्धुपाल्चोकको मेलम्ची तथा इन्द्रावती नदीमा आएको बाढीमा परी अझै २३ जना बेपत्ता रहेका छन्।
हेलम्बु गाउँपालिकाले शनिबार साँझ एक विज्ञप्ती जारी गर्दै सेमेसिदाङ हिमाल मुनि रहेको भेमाथाङ्ग चौउरमा गएको पहिरोका कारण आएको बाढीमा परेर अझै २३ जना बेपत्ता रहेको जनाएको हो।
बेपत्ता हुनेमा ४ जना महिला र १९ जना पुरुष छन्। बाढीमा परेर ६ जना विदेश नागरिक समेत बेपत्ता भएका गाउँपालिकाले जानकारी दिएको छ। मेलम्ची खानेपानी आयोजनामा कार्यरत ३ भारतीय र ३ चिनियाँ नागरिक बाढीमा बेपत्ता भएका हुन्।




नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।