सांकेतिक तस्वीर
धादिङ- धादिङमा पहिरोमा परि दुई जना बेपत्ता भएका छन्।
धादिङको रुबि भ्याली गाउँपालिका-२ मा सडक खन्दै गर्दा पहिरो खसेर स्काभेटरसहित दुई जना पुरिएका जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारी दिए।
पहिरो शुक्रबार साँझ आएको थियो। पहिरोमा परि वेपत्ता हुनेमा स्काभेटर चालक र सहचालक रहेको बताइएको छ। घटना लगत्तै उद्धारको प्रयास भएपनि वर्षाका कारण समस्या भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।