काठमाडौं- महाकाली नदीले सतर्कता तह पार गरेको छ।
शनिबार विहान साढे ६ बजेको मापन अनुसार महाकाली नदी पारीगाँउ जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
सतर्कता तह पार गरिसकेको र बाढी बढिरहेकोले महाकाली नदी तल्लो तटीय क्षेत्रका बासिन्दालाई साँझसम्मै सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।