काठमाडौं- सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिकाका एक जना बेपत्ता भएका छन्।
शुक्रबार दिउँसो इन्द्रावती नदीमा माछा मार्न गएका गाउँपालिका-७ बरुवाका ६३ वर्षीय ठाकुर स्याङ्बो बेपत्ता भएको पाँचपोखरी थाङ्पाल गाउपालिका-२ का वडा अध्यक्ष पासाङ तामाङले जानकारी दिए।
सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदिमा केही दिन यता बाढी आइरहेको छ। बाढीले भौतिकसहित मानवीय क्षति भएको छ। वर्षा अझै जारी रहेकाले दुबै नदीमा बाढी आइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।