काठमाडाैं- जिल्ला प्रशासन कार्यालय दोलखाले तामाकोशी नदीको आसपास बसाेबास गर्दै आएकालाई सतर्कता अपनाउन आग्रह गरेकाे छ।
सहायक प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै नेपाल -चीन सीमा क्षेत्रमा रहेको टिङ्ग्री काउन्टी, रोङजिया शहर र त्यस आसपासमा भारी वर्षासँगै पहिरो आउँदा नदिको प्रवाह रोकिएकाेले सतर्क रहन आग्रह गरेका हुन्।
कुनैपनि समयमा तामाकोशी नदीमा पानीको मात्रा बढेर बाढी आउनसक्ने हुँदा नेपाल-चीन सीमा नजिकको बस्तीलगायत तामाकोशी नदिको तटिय क्षेत्रमा जोखिम सृजना हुनसक्ने संभावना देखिएको विज्ञप्तिमा उल्लेख छ।
नदी आसपासमा कुनै खतराको संकेत प्राप्त हुनासाथ सुरक्षित स्थानतर्फ जान र स्थानीय तहका पदाधिकारी र नजिकको सुरक्षा निकायमा तुरुन्त जानकारी गराउनसमेत विज्ञप्तिमा आग्रह गरिएकाे छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।