फाइल तस्बिर
काठमाडाैं- सिन्धुपाल्चोकको मेलम्चीमा फेरि भीषण बाढी आएपछि पहिले जोगिएको संरचनासमेत बगाउन थालेको छ।
मेलम्ची खोलामा आएको बाढी भर्खरै हेलम्बुको चनौटेबजारको रातो पुल बगाएको छ। हेलम्बु गाउँपालिकाअन्तर्गत ग्यालथुमको इस्ट पोइन्ट एकेडेमीसमेत मेलम्ची खोलामा आएको भर्खरैको बाढीले बगाएको स्थानीय भीम लामिछानेले जानकारी दिए।
उक्त पुलले तिम्बु, किउल जोडेको थियो। पुल बगाएपछि अब सबैतिर सम्बन्ध विच्छेद् भएको छ।
मंगलबार साँझ आएको बाढीले सिन्धुपाल्चोकको मेलम्ची बजार तहसनहस पारेको छ। अहिलेसम्म तीन जनाको शव फेला परेको छ भने २० जना बेपत्ता छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।