फाइल तस्बिर
काठमाडाैं- तीन दिनअघि बितण्डा मच्चाएको सिन्धुपाल्चोकस्थित मेलम्ची खोलामा फेरि बाढी आएको छ।
अहिले सुरुको दिनमा जस्तै भीषण बाढी मेलम्चीमा आइपुगेको रेडियो मेलम्चीमा कार्यरत स्थानीय पत्रकार डम्बर रसिक भारतीले जानकारी दिए। खोलाले ठूलो मात्रामा काठ बगाएर ल्याउन थालेको उनले बताए।
पुन: बाढी आएपछि प्रहरीले तल्लो क्षेत्रमा सतर्कता अपनाउन र बजारमा नबस्न माइकिङ गरेको छ।
मंगलबार साँझ आएको बाढीले सिन्धुपाल्चोकको मेलम्ची बजार तहसनहस पारेको छ। अहिलेसम्म तीन जनाको शव फेला परेको छ भने २० जना बेपत्ता छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।