१) बजेटमार्फत् ल्याएको ढुंगा, गिटी, बालुवा निकासी गर्ने योजना कार्यान्वयनमा सर्वोच्च अदालतको रोक, प्रधानन्यायाधीशसहितको संवैधानिक इजलासले अन्तरिम आदेश जारी गर्दै माग्यो सरकारसँग लिखित जवाफ (ढुंगा, गिटी र बालुवा निकासीमा अदालतको रोक)
२) काठमाडौं उपत्यकामा कोरोना संक्रमित घट्दो क्रममा, पछिल्लो २४ घन्टामा तीन जिल्लामा गरी ५०८ जनामा संक्रमण पुष्टि, देशभर संख्या २ हजार ७६८ जना नयाँ संक्रमित थपिए (कोरोना संक्रमण घट्दो)
३) नेकपा एमालेको दुवै पक्षका दोस्रो तहका नेता २०७५ जेठ २ मा फर्किने विषयमा सहमति नजिक, हस्ताक्षर फिर्ताको विषयमा मध्यमार्गी उपाय खोजिँदै, सहमतिपछि संयुक्त बैठक बोलाएर बादल समूह भित्र्याइने (एमाले वार्ता सकारात्मक)
४) सन् २०२० मा स्वीस बैंकमा धेरै पैसा जम्मा गरेका भारतीय र भारतीय कम्पनीहरू भएको खुलासा, स्वीस बैंकमा एकै वर्ष भारतीयहरूको २० हजार ७०० करोड भारुभन्दा बढी पुगेको तथ्यांकमा उल्लेख। (स्वीस बैंकमा भारतीयको आकर्षण)
५) युरोकपका खेलाडीले पत्रकार सम्मेलनमा पेयका बोतल हटाए जरिवाना गर्ने युरोपियन फुटबल महासंघको चेतावनी, रोनाल्डोले बोतल हटाएपछि कोकको प्रतिक्रिया- आफ्नै प्राथमिकता हुन्छ (युरोकपका खेलाडीलाई पेयका बोतल नहटाउन चेतावनी)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।