काठमाडौं– गृहमन्त्री, गृहसचिवसहित सुरक्षा निकायका प्रमुख राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएपछि गृहमन्त्री खगराज अधिकारी, गृहसचिव महेश्वर न्यौपाने, नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापा, नेपाल प्रहरी महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी शीतल निवास पुगेका हुन्।
विपदका विषयमा जानकारी लिनका लागि राष्ट्रपति भण्डारीले गृहमन्त्रीसहित सुरक्षा निकायका प्रमुखहरुलाई बोलाएको स्रोतको भनाइ छ।
पछिल्लो केही दिनयताको अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढी पहिरोले धनजनको क्षति पुर्याएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।