काठमाडौं– पछिल्लो २४ घन्टामा नेपालमा थप २ हजार ७ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा १३ हजार ३७ जनामा गरिएको परीक्षणबाट २ हजार ७ सय ६८ जनामा संक्रमण पुष्टि भएको हो। जसमध्ये आरटी पीसीआर बिधीबाट ७ हजार ५ सय ६९ र एन्टिजेन विधीबाट ५ हजार ४ सय ६८ जनाको परीक्षण गरिएको थियो।
पीसीआर गरिएका मध्ये १९६३ र एन्टिजेन परीक्षण मार्फत ८०५ जनामा गरि कुल २ हजार ७ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ४ हजार २० जना संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणबाट देशभर थप ४४ जनाको मृत्यु भएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।