• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

बीपी प्रतिष्ठानको चरम बेथिति पार लगाउने कसरी?

हरिशचन्द्र विष्ट  आइतबार, असार ६, २०७८  १३:०६
1140x725

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अहिले आर्थिक संकटबाट गुज्रिरहेको छ। यसैबेला बाह्य र प्रतिष्ठान भित्रैबाट पनि पदाधिकारीहरूको आलोचना भइरहेको छ। प्रतिष्ठानको खस्किँदो गुणस्तर र प्रतिष्ठा वर्तमान समस्या नभई विगत पाँच/छ वर्षयतादेखिकै समस्या  हो। नि:स्वार्थ प्रतिष्ठानको हितमा काम गर्न खोज्ने व्यक्तिको कमी, आन्तरिक टकराव, गुटगत राजनीति, आ-आफ्ना व्यक्तिगत स्वार्थ र पदाधिकारीको भ्रष्ट मानसिकता नै अहिलेसम्मकै मूल समस्या हो।  

आर्थिक लेनदेन तथा राजनीतिक जोड घटाउबाट प्रवेश भएका पदाधिकारीहरु र स्वार्थका निम्ति लबिङ गर्ने मातहतका कर्मचारीहरुको संकिर्ण सोचाइको प्रतिफल हो- आजको प्रतिष्ठान। कयौं भ्रष्टाचार काण्डहरु अदालतमा विचाराधीन अवस्थामा छन्, जुन प्रतिष्ठानको अस्मिता र प्रतिष्ठासँग जोडिएका विषयहरू  हुन्।  

निरन्तर चलिरहेको पदाधिकारीहरूबीचको संघर्ष, चरम आर्थिक चलखेल, पदाधिकारीदेखि कर्मचारी वृत्तसम्म देखिएको व्यापक अनियमितता, शैक्षिक कार्यक्रम भताभुंग, अनुशासनहीनता, अपारदर्शी र गैरजिम्मेवार नेतृत्व यस प्रतिष्ठानका वर्तमान चुनौती हुन्। प्रतिष्ठानका नियमित उपचारका कार्यहरू पूर्णरूपमा सञ्‍चालन हुन नसक्नु र विभिन्न बहानामा बिरामीलाई उपचारका निम्ति निजी अस्पतालहरुमा रेफर गरिँदा प्रतिष्ठान आर्थिक संकटबाट गुज्रिरहेको छ।

यसका साथै राजनीतिक दलका नेता र कार्यकर्ताले समाजको हितभन्दा पनि व्यक्तिगत लाभ र गुटगत फाइदाका लागि कुनै पदाधिकारीलाई काखी च्याप्ने र 'फुटाऊ र राज गर' भन्ने सिद्धान्त अवलम्बन गरिनु नै प्रतिष्ठान विकासको मुख्य बाधक हो। प्रतिष्ठानभित्रको फोहोरी राजनीति र धमिलो राजनीतिमा माछा मार्न माहिर व्यापारिक गिरोह प्रतिष्ठान विकासको बाधक हो भने सक्षम र आटिलो नेतृत्व आजको आवश्यकता हो।

आफ्नो पार्टी वा स्वार्थनिकट व्यापारी/ पदाधिकारी/ चिकित्सक/ कर्मचारीको गलत कामको प्रतीरक्षा गर्ने परिपाटी प्रतिष्ठानभित्र र बाहिर व्यापक छ। फलस्वरूप तीन दशक लामो इतिहास बोकेको प्रतिष्ठान दिनानुदिन झन्‌झन् धराशायी बन्दै गइरहेको छ। विगत पाँच वर्षदेखिको मेरो अनुभव र भोगाइले प्रतिष्ठानको खस्किँदो गुणस्तर र प्रतिष्ठाको मुख्य जिम्मेवार प्रतिष्ठान प्रशासन र माथिल्लो तहका पदाधिकारीहरु नै हुन्। प्रतिष्ठानभित्रका विभिन्न स्वतन्त्र पेसागत संगठनहरू, कर्मचारी, विभिन्न विभागका विभागीय प्रमुखहरू पनि कुनै न कुनै रुपमा भ्रष्टाचारको पक्षधर जस्तै देखिन्छन्। व्यक्तिगत फाइदाका निम्ति पदाधिकारीको गुटगत पक्षपोषण  गर्नु र आफू मौन रहनुले  यही संकेत गर्छ। 

विश्व नै अत्याधुनिक प्रविधिको उपयोगले नवीनतम ज्ञान आर्जन गर्दै गरेको परिवेशमा प्रतिष्ठानमा भने अझै  इन्टरनेटको सेवाका निम्ति  संघर्ष गर्नुपर्ने बाध्यता छ।

पदाधिकारीबाट ठोस निर्देशन नहुनु, कर्मचारीतन्त्रको व्यवस्थापन र नियमित अनुगमन नहुनु,  कार्यसम्पादनमा ढिलासुस्ती गर्ने व्यक्तिमाथि कारबाही अगाडि नबढाइनु, प्रतिष्ठानको तलब  खाएर कार्यालय समयमा आफ्नो व्यापार व्यवसायमा संलग्न व्यक्तिहरुमाथि छानबिन र कारबाही  नहुनु प्रतिष्ठान प्रशासनको कमजोरी हो।

विद्यार्थीहरूले अध्ययनको क्रममा शिक्षण क्रियाकलापका निम्ति भनेर प्रतिष्ठानले तोकेको सम्पूर्ण शुल्क बुझाउँदा पनि विभागहरुले उपलब्ध गराउनुपर्ने न्यूनतम सामग्रीहरु समेत विद्यार्थीहरूलाई किन्न बाध्य पारिएको अवस्था छ। विश्व नै अत्याधुनिक प्रविधिको उपयोगले नवीनतम ज्ञान आर्जन गर्दै गरेको परिवेशमा प्रतिष्ठानमा भने अझै  इन्टरनेटको सेवाका निम्ति  संघर्ष गर्नुपर्ने बाध्यता छ।बिजुलीबत्ती, गुणस्तरीय खाना र सरसफाइजस्ता सामान्य न्यूनतम कुराका निम्ति पदाधिकारीको कार्यकक्षमै तालाबन्दीसम्मको संघर्ष गर्नु लज्जाको विषय हो। 

Ncell 2
Ncell 2
nimb
nimb

प्रतिष्ठानको केन्द्रीय पुस्तकालयमा बजारमा आएका नयाँ संस्करणका पुस्तकहरूको अभाव लामो समय अघिदेखिकै समस्या हो। शैक्षिक क्षेत्रका विज्ञहरूको भिजन, मिसन र गोलरहित प्रयास र युग सुहाउँदो शैक्षिक कार्यक्रमको अभाव शैक्षिकस्तर खस्किनुको मूल जड हो। सीमित कक्षाहरू सञ्‍चालनका भरमा अहिलेको प्रविधियुक्त समाजमा प्रतिस्पर्धा गर्न निकै कठिन छ। प्रतिष्ठानमा उपकरण र प्रविधिको अभाव, नयाँ प्रविधिप्रतिको न्यून चासो, परम्परागत शैक्षिक प्रणाली, खोज अनुसन्धानमा व्यापक प्रयास नहुनु र सरोकारवाला पक्षहरुको अल्छिपना र ढिलासुस्ती शैक्षिक विकासको बाधक हो।

आधुनिक चिकित्सा पद्धतिमा एसियाकै नमूना प्रतिष्ठानलाई अध्ययन अध्यापन, खोज अनुसन्धान र प्रविधियुक्त उपचार सेवा पाउनुपर्नेमा न्यूनतम उपकरण र स्रोत साधनको अभावले बीपी प्रतिष्ठानबाट बिरामीहरू निजी अस्पतालमा रेफर हुँदा उनीहरू महँगो मूल्यमा उपचार गराउन बाध्य छन् भने समयमै उपचार नपाउँदा कतिपय बिरामीको अकालमै मृत्यु हुने गरेको छ। यसको लेखाजोखा कसले राख्ने? आखिर जिम्मेवार को? 

स्वास्थ्य सेवाजस्तो संवेदशील क्षेत्रमा आन्तरिक स्रोत साधनको समयमा मर्मत सम्भार नहुनु, पर्याप्त उपकरणको अभाव, ल्याब परीक्षण जस्ता समस्याहरू बिरामीको प्रत्यक्ष जीवनसँग जोडिएका विषयहरू हुन्। यो प्रतिष्ठानको आर्थिक समस्यासँग पनि जोडिएको विषय हो। लामो समयदेखि डिजिटल रडियोग्राफी मेसिन, अप्थाल्मोलोजी, रेटिनालगायत आँखाको जाँच गर्ने मेसिन, दन्त चिकित्सा महाविद्यालय (डेन्टल) को दाँत बनाउने क्याड क्याम, दाँतको एक्सरे गर्ने लेटरल सेफ्यालोग्राफ मेसिन, फार्माकोलोजी विभागको एचपीएलसी मेसिनल, प्याथोलोजी विभागको लागि पाँच वर्षअघि खरिद गरिएको इमुनोहिस्ट्रोकेमेस्ट्री मेसिन, लगायत प्रयोगशालामा रगतको जाँच गर्ने कम्पोनेन्ट सेपेरेटर बिग्रेर थन्किएका छन्।

आधुनिक चिकित्सा पद्धतिमा चिकित्साशास्त्रको अध्ययन, अनुसन्धान र बिरामी उपचार सेवालाई प्रभावकारी बनाउन एमआरआई, सीटी स्क्यान, इमुनोहिस्ट्रोकेमेस्ट्री, डिजिटल रडियोग्राफी डेण्टल चियर, भिडियो एक्सरे, अल्ट्रासाउण्डलगायत उपकरणहरु अत्यन्त आवश्यक हुन्छ। विधार्थीहरुको अनुपातअनुसार डेन्टलका हरेक विभागका चिकित्सा शिक्षा आयोगले निर्धारण गरेबमोजिम डेन्टल चियर हुनुपर्नेमा सबै विभागमा गरेर मुस्किलले १५ वटा डेन्टल चियर मात्र सञ्‍चालनमा छन्। 

Xtrem

Xtrem

जसका कारण बिरामीले महिनौं पालो कुर्नुपर्ने बाध्यातासँगै गुणस्तरीय सेवा पाउनबाट वञ्चित छन्। दुई दशक पुराना डेण्टल चियर पदाधिकारीबीचमा कमिसनको खेल नमिलेका कारण प्रतिस्थापन भएको छैन, जसको प्रत्यक्ष असर विद्यार्थीको पठनपाठन र बिरामीको स्वास्थ सेवामा त परेको नै छ, सँगै प्रतिष्ठानको आर्थिक पक्षसँग पनि प्रत्यक्ष सरोकार राख्दछ।

अहिलेसम्म यस प्रतिष्ठानलाई खराब उपकरण, सामान सप्लाइ गर्ने, उपकरणको नियमित मर्मतसम्भार गर्न आनाकानी गर्ने र अदालतमा मुद्दा परेका कम्पनीलाई उचित दण्डित गर्ने तथा कालो सूचीमा राखेर भविष्यमा कारोबार नगर्ने, प्रतिष्ठानका विभिन्न विभागमा थन्केर बसेका उपकरणको निष्पक्ष छानविन गर्ने र उचित समाधानको निकास खोज्न सक्ने नेतृत्व चाहिएको छ।

आन्तरिक समस्या समाधान हुन नसक्दा दक्ष जनशक्ति पलायन हुने सम्भावना उत्तिकै देखिन्छ जुन प्रतिष्ठानको दुर्भाग्य हो। विगतमा भौतिक, आर्थिक र शैक्षिक रुपमा अग्रस्थानमा रहेको प्रतिष्ठान दिनहुँजसो नकारात्मक कुराहरूले शीर ठाडो पार्न सकिने अवस्थामा छैन। जसको मुलभूत कारण आन्तरिक समस्या समाधान नहुनु र पदाधिकारीकोबीचको द्वन्द नै देखिन्छ। 

प्रतिष्ठानभित्रका विभिन्न समस्याहरू समाधानका निम्ति पदाधिकारीसँग समय समयमा संघर्ष, संवाद र सहमतिहरू नभएका भने होइनन् तर, सरोकारवाला पक्षको बेवास्ताका कारण आजको परिस्थिति  सिर्जित भएको हो। जुन बाह्य हस्तक्षेपको निम्ति सुनौलो अवसरका रुपमा फस्टाएको छ।

यस अवस्थामा कुनै पनि समूहमाथि निरपेक्ष विश्वास गरिहाल्नुपर्ने कुनै ठोस र बलियो आधार छैन। निश्चित समूहसँगको वार्ता (राजनीतिक समूह) र जिम्मेवार व्यक्तिको पुरानै शैलीको आश्वासनले दीर्घकालीन समाधान दिन सक्दैन। कुनै व्यक्ति अर्थात् समूहप्रति आग्रह पूर्वाग्रह नराखी प्रतिष्ठानको वास्तविक गहिराइ नियालेर सार्वजनिक रुपमा उठेका प्रश्नहरूको दीर्घकालीन रुपमा समाधान गर्न सकिन्छ।

यसका निम्ति प्रतिष्ठानसँग प्रत्यक्ष  सरोकार राख्ने गैरराजनीतिक पूर्णअधिकारसहितको समितिले मात्रै प्रतिष्ठानको सत्य-तथ्य वास्तविकता अध्ययन गरेर साझा अवधारणा र सर्वमान्य निकास दिनसक्छ। प्रतिष्ठानका विभिन्न विभागमा सेवाको गुणस्तर कसरी बढाउन सकिन्छ र कसरी वा कसले बाधा पुऱ्याइरहेको छ भन्ने कुराको निष्पक्ष छानविन गरिनुपर्ने आजको आवश्यकता हो।

अहिलेसम्म यस प्रतिष्ठानलाई खराब उपकरण, सामान सप्लाइ गर्ने, उपकरणको नियमित मर्मतसम्भार गर्न आनाकानी गर्ने र अदालतमा मुद्दा परेका कम्पनीलाई उचित दण्डित गर्ने तथा कालो सूचीमा राखेर भविष्यमा कारोबार नगर्ने, प्रतिष्ठानका विभिन्न विभागमा थन्केर बसेका उपकरणको निष्पक्ष छानविन गर्ने र उचित समाधानको निकास खोज्न सक्ने नेतृत्व चाहिएको छ।

यस परिप्रेक्ष्यमा अहिले सक्रिय अभियानमा रहेको नागरिक समाजबाट प्रतिनिधि, प्रतिष्ठानका शिक्षक, कर्मचारी, विद्यार्थी, भूतपूर्व विद्यार्थी, स्थानीय बुद्धिजीवी सम्मिलित उच्चस्तरीय  प्रतिष्ठान सुधार समिति बनाउनु आवश्यक देखिन्छ। यस समितिले निश्चित समयभित्र प्रतिष्ठानका विभिन्न समस्या सम्बन्धमा गहिरो अध्ययन गरी तथ्यगत प्रतिवेदन बनाउने र तत्काल सार्वजनिक गरी उक्त प्रतिवेदन पदाधिकारीहरुले नि:सर्त पालना/लागू गर्न तयार भएको खण्डमा मात्रै प्रतिष्ठानले  दीर्घकालीन निकास पाउनसक्छ।

प्रतिष्ठानको तहबाट हल गर्न नसकिने समस्या/कार्यक्रम सम्बन्धमा सम्पूर्ण सरोकारवालाहरुको दबाब समूह बनाइ स्थानीय राजनीतिक दलको साथ लिएर केन्द्र र संघीय  सरकारलाई निरन्तर दबाब दिने वातावरण बनाउन सकिन्छ।

मैले प्रतिष्ठानको भाग्य र भविष्यका निम्ति  निरन्तर विचार र कलम संघर्षका माध्यमबाट आवाज उठाइरहेको छु। म यसलाई जारी नै राख्ने छु, जबसम्म मेरो परिकल्पनाको बीपी प्रतिष्ठान बन्दैन।

(विष्ट अहिले प्रतिष्ठानमा इन्टर्नसिप गर्दै छन्।) 

प्रकाशित मिति: आइतबार, असार ६, २०७८  १३:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
चाडपर्वका लागि यातायात व्यवस्थापनको तयारी, अग्रिम टिकट बुकिङदेखि मापसे जाँचसम्म
विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त
विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठले सपथ लिए
सम्बन्धित सामग्री
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
ताजा समाचारसबै
चाडपर्वका लागि यातायात व्यवस्थापनको तयारी, अग्रिम टिकट बुकिङदेखि मापसे जाँचसम्म बुधबार, असोज ७, २०८३
विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त बुधबार, असोज ७, २०८३
विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठले सपथ लिए बुधबार, असोज ७, २०८३
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? बुधबार, असोज ७, २०८३
बाढीपीडित क्याम्पमा महिला र बालबालिका सुरक्षित छैनन् : मनिष झा बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्