काठमाडाैं- सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले ५० लाख रूपैयाँ आफैंले जम्मा गरेर मेलम्ची बाढीपीडित राहत तथा पुनर्स्थापना कोष सञ्चालनमा ल्याएको छ।
नगरपालिकाले इच्छुक दाताहरुलाई उक्त कोषमा सहयोग गर्न अपिलसमेत गरेको छ।
मंगलबार मेलम्ची र इन्द्रावती खोलमा आएको बाढीले मेलम्ची बजार डुबाएको थियो। बाढीले मेलम्चीको वडा नम्बर ६, १० र ११ वडामा क्षति पुर्याएको नगरपालिकाले जनाएको छ।
नगरले नेपाल बैंक लिमिटेडको मेलम्ची शाखामा रहेको खाता नम्बर १६८००१०७०५०२०९०००००१ मा सहयोग रकम जम्मा गर्न आह्वान गरेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।