काठमाडौं- मनाङमा यार्सागुम्बा सङ्कलनका लागि लेकमा गएकाहरुको उद्दार गरिएको छ।
संघीय संसदका पूर्व सांसद पाल्देन छोपाङ गुरुङको पहलमा यार्सा संकलनका लागि हिमालको फेदमा गएका ७० जनाको उद्दार गरिएको हो। उनीहरुलाई हेलिकोप्टरमार्फत उद्दार गरि फु गाँउ ल्याइएको हो।
हेलिकोप्टरमार्फत उद्दार गरि फु गाउँ ल्याएको थियो। उद्दार गरि ल्याईएका मध्ये ३ जनाको अवस्था गम्भीर रहेको बताइएको छ। उनीहरुलाई चामे लगिएको छ ।
अविरल वर्षापछि पहिरो गएका कारण उनीहरु नार्पाभूमि गाउँपालिकाको विकट लेकमा फसेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।