काठमाडौं- सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकामा आएको बाढीका कारण तीन जनाको मृत्यु भएको छ भने अहिलेसम्म २० जना हराइरहेका छन्।
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका अनुसार दुई जना चिनियाँ नागरिक र एक जना भारतीय नागरिकको शव फेला परेको छ।
त्यस्तै २० जना मानिसहरु बेपत्ता भएका छन्। जसमा हेलम्बु गाउँपालिकाका १२ जना रहेका छन्। बेपत्ता भएकाहरुको खोजि भइरहेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।