काठमाडौं– देशभर मनसुनी वायुको प्रभाव रहेकाले केही स्थानमा वर्षाभइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
अहिले बिहान देशभर आंशिक देखि सामान्य बदली रहेको छ। बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ।
महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बागमती प्रदेश र प्रदेश १ का केही स्थानमा वर्षाको सम्भावना रहेको समेत महाशाखाले जनाएको छ।
आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूर पश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
शनिबार र आइतबार पनि देशका देशका विभिन्न भागमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।