काठमाडाैं- राफेल नाडालले आसन्न विम्बल्डन ग्रान्डस्लाम र टोकियो ओलम्पिक खेलकुद नखेल्ने भएका छन्।
३५ वर्षीय नाडालले शरिरलाई आरामका लागि भन्दै यी दुई प्रतिष्ठित प्रतियोगिता नखेल्ने निर्णय गरेका हुन्।
नाडाल गत साता सम्पन्न फ्रेन्च ओपनमा सेमिफाइनलबाटै बाहिरिएका थिए। उनले फ्रेन्च ओपन प्रतियोगिता सर्वाधिक १३ पटक जितेका छन्।
'यस किसिमको प्रतियोगितामा माथिल्लोस्तरको प्रतिस्पर्धा हुन्छ र त्यसका लागि आफु तयार रहनुपर्छ। यो सजिलो निर्णय हैन तर मेरो शरिरलाई हेर्दा सहि निर्णय लिएको छु जस्तो लाग्छ,' उनले भनेका छन्।
नाडाल सन् २००८ मा एकलतर्फ र २०१६ को ओलम्पिकका युगलतर्फ स्वर्ण पदक विजेता हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।