काठमाडौं– पछिल्लो २४ घन्टामा थप ३९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।
बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा देशका विभिन्न भागमा कोरोना संक्रमणका कारण थप ३९ जनाको मृत्यु भएको हो।
यससँगै कोरोना संक्रमणबाट अहिलेसम्म नेपालमा ८५९७ जनाको मृत्यु भएको छ।
पछिल्लो २४ घन्टामा देशभर २६०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।