काठमाडौं- नेकपा एमालेको सिन्धुपाल्चोक-काठमाडौं सम्पर्क मञ्चले बाढीले प्रभावित सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिका क्षेत्रमा उद्धार र राहतलाई प्रभावकारी प्रभावकारी बनाउन माग गरेको छ।
गृहमन्त्री खगराज अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै मञ्चले सरकारी संयन्त्र, राहत र उद्दारका कार्यहरू मेलम्ची बजार केन्द्रीत भएको भन्दै सडक सञ्जालबाट बिमुख भएको हेलम्बु गाउँपालिकाका पीडितको उद्धार र राहतको व्यवस्था मिलाउन माग गरिएको छ।
बाढीले पुल बगाउँदा मेलम्चीसँगको सम्पर्क टुटेका क्षेत्रमा विद्युत र सञ्चारवाटसमेत विच्छेद भएको अवस्था पीडितहरु खुला आकाशमा बस्न बाध्य भएको भन्दै उनीहरुको उद्धार र राहतका लागि हेलिकोप्टरमार्फत व्यवस्था मिलाउन गृहमन्त्री समक्ष आग्रह गरेका छन्।
सहयोगी व्यक्ति तथा संस्थाहरुवाट उपलब्ध राहत सामग्रीहरुसमेत पीडितहरु समक्ष पुयाउन नसकिएकोले हेलीमार्फत् टेण्ट, जस्ता, सोलार, खाद्यन्न लगायत वन्दोवस्तीका सामान लैजाने प्रबन्ध मिलाइदिन गृहमन्त्रीलाई अनुरोध गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।