काठमाडौं- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले बाढी प्रभावित सिन्धुपाल्चोकका हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकालाई आर्थिक सहयोग उपलब्ध गराउने भएको छ।
कागेश्वरी मनोहरा नगरपालिकाको बिहिबार बसेको बैठकले बाढीले धनजनको क्षति पुगेको हेलम्बुगाउँ पालिका र मेलम्ची नगरपालिकाको विपद् राहत कोषमा नगरपालिकाको तर्फबाट १०/१० लाखका दरले आर्थिक सहायता उपब्ध गराउने निर्णय गरेको हो।
बैठकले उक्त प्राकृतिक प्रकोपबाट घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै, मृतकका परिवारप्रति समवेदना व्यक्त गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।