काठमाडौं– बाढीबाट प्रभावित सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकालाई काठमाडौं महानगरपालिकाले आर्थिक सहयोग गर्ने भएको छ।
काठमाडौं महानगरपालिकाको नवौं नगर सभाले मेलम्ची नगरपालिकालाई २ करोड रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको हो।
काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीका अनुसार मौजुदा प्राकृति प्रकोप (बाढी)ले पु¥याएको क्षतिबाट प्रभावित बनेकाहरुलार्य राहत र पुनःस्थापनाका लागि २ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय भएको हो।
काठमाडौं महानगरपालिका र मेलम्ची नगरपालिकाबीच मितेरी सम्बन्ध समेत छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।