काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले बाढी पहिरो प्रभावितको उद्धार एवं राहतकारी व्यवस्था मिलाउन सबैपक्षको गम्भिर ध्यान जानुपर्ने बताएका छन्।
देश कोभिड १९ को महामारीबाट आक्रान्त भइरहेको समयमा फेरि बाढी, पहिरो, नदी कटान जस्ता प्राकृतिक विपत्ति आइपरेको भन्दै पूर्व राजा शाहले यस्तो बेलामा सबै मिलेर महामारी र प्राकृतिक विपत्तिको न्यूनिकरण गर्ने तर्फ जिम्मेवार बन्नु पर्ने उल्लेख गरेका छन्।
बिहीबार एक विज्ञप्ति जारी गर्दै पूर्व राजा शाहले मनसुन प्रारम्भ मात्र भएको समयमा नै यति धेरै क्षति हुन भन्दै तिब्र वर्षातको समयमा अझै अवस्था कस्तो होला भन्दै चिन्ता व्यक्त गरेका छन्।
हिमाल, पहाड र तराईका धेरै जिल्लाहरुमा जनधन तथा भौतिक निर्माणमा क्षति भएको एवम् ग्रामीण तथा शहरी वस्तीका बासिन्दाहरुको उठीबास भएको खबर आफूलाई दुखित तुल्याएको शाहले उल्लेख गरेका छन्।
प्राकृतिक विपत्ति सबैको चिन्ताको विषय भएकोले पूर्व सावधानी राख्ने, तयारी गर्ने, सजगता अपनाउने र उद्धार एवं राहतकारी व्यवस्था मिलाउने बिषयमा सबै पक्षको गम्भिर ध्यान जानु पर्ने शाहले विज्ञप्तिमा उल्लेख गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।