काठमाडौं- केही दिनयताको वर्षाका कारण देशको अधिकांश भू-भाग प्रभावित भएको छ। कतिपय नदीमा आएको बाढीले जनधनको क्षति भएको छ भने अझै वर्षा कायम रहेका कारण नदी तटिय क्षेत्रमा बाढीको र पहाडी क्षेत्रमा पहिरोको जोखिम रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
आज कोशी, नारायणी, कर्णाली र महाकाली जलाधारका केहि स-साना सहायक नदीमा क्षणिक मध्यम/भारी वर्षा भई बहाब बढ्ने र केहीस-साना नदीमा आकस्मिक बहाब भई सतर्कता तह आसपास पुग्ने पूर्वानुमान गरिएको छ।
आज बिहानको मापन अनुसार बदिगाउ रूद्राबेनी र सुनकोशी दोलालघाट जलमापन केन्द्रमा जलसतह सतर्कता तह आसपास रहेको छ। कन्काई, कोशी, बागमती, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाब बढदो क्रममा छ तथा सबैमा बहाब सतर्कता तह भन्दा तल रहेको छ।
आज कोशी, नारायणी, कर्णाली, महाकाली, पश्चिम राप्ती, तिनाउ, बबई जलाधारका केहि स-साना सहायक नदीमा क्षणिक मध्यम/भारी बर्षा भई बहाब बढ्ने र केही स-साना नदीमा आकस्मिक बहाब भई सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान बाढी महाशाखाले गरेको छ।
कन्काई, कमला, बागमती र यसका सहायक नदीमा बहाब सामान्य घटबढ हुने तथा सतर्कता भन्दा तलै हुने पूर्वानुमा गरिएको छ । पश्चिम राप्ती, तिनाउ, बबईका स-साना नदीजलाधारमा बहाब बढ्ने र केहीमा सतर्कता तह पुन सक्ने पूर्वानुमान गरिएको छ।
आज बागमती प्रदेशको दोलखा, रामेछाप, रसुवा, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, काठमाडौं, चितवन, मकवानपुर, गण्डकी प्रदेशको गोरखा, मनाङ, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, तनहूँ. स्याङ्गजा, लुम्बिनी प्रदेशको प्यूठान, दाङ, बाँके, बर्दिया, रुकुम, कर्णाली प्रदेशको सुर्खेत, सल्यान, दैलेख, जाजरकोट, दैलेख, कालिकोट, हुम्ला, सुदूरपश्चिम प्रदेशको कञ्चनपुर, कैलाली, उलेल्धुरा, डोटी, अछाम, बाजुरा, बझाङ, दार्चुला र भासपास जिल्ला भई बहने स-साना नदीजलाधारमा बहाब उल्लेख्य बढ्ने र केहीमा आकस्मिक बहाब(बाढी) आइ सतर्कता आसपास पुग्न सक्ने पूर्वानुमान बाढी महाशाखाले गरेको छ।
बाढी आउनसक्ने भएकाले नदी तटिय क्षेत्रमा सतर्कता आपनाउ बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।