काठमाडौं– जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले बाढी र पहिरोको क्षतिबाट पाठ सिक्नुपर्ने बताएका छन्।
देशको हिमाल–पहाड–तराईको संवेदनशील भू–भौतिक संरचनालाई ध्यान दिँदै डोजरे विकास रोक्नुपर्ने पनि नेता भट्टराईको भनाइ छ।
मनसुन सक्रिय भएर देशभर भारी वर्षासँगै बाढी र पहिरोले जनधनको क्षति पुर्याइरहेको अवस्थामा समाजिक सञ्जालमार्फत नेता भट्टराईले पाठ सकिने आगामी दिनमा सचेत हुनुपर्ने बताएका हुन्।
सामाजिक सञ्जाल ट्वीटरमा डा.भट्टराईले भनेका छन्, ‘बर्षाको शुरूमै वाढीपहिरोको वितण्डा र जनधनको क्षतिबाट पाठ सिकौं । गल्ती नदोहोर्याऊ!’
नेता भट्टराईलले सुरक्षा, उद्धार, पुनर्स्थापना निम्ति संघ, प्रदेश र स्थानीय तहको संयोजनमा सम्पूर्ण शक्ति तत्काल परिचालन गर्नुपर्ने बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।