काठमाडौं– जीवन विकास लघुवित्तलले प्राथमिक साधारण सेयर (आईपओ) निष्कासनको तयारी गरेको छ। कम्पनीको आईपीओ असार ११ गतेबाट सार्वजनिक निष्कासन हुने आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले बताएको छ।
कम्पनीले १ सय रुपैयाँ अंकित दरका १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३ सय कित्ता आईपीओ निष्कासन गर्न लागेको हो।
कुल आईपीओको कित्तामध्ये ०.५ प्रतिशतले हुन आउने ३० हजार ४२० कित्ता संस्थाका कर्मचारीलाई र ५ प्रतिशतले हुन आउने ९८ हजार ८६५ कित्ता सामुहिक लगानी कोषका लागि छ्ट्याइएको छ। बाँकी १८ लाख ४८ हजार १५ कित्ता सर्वसाधारणले पाउनेछन्।
उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।
कमम्पनीको आईपीओमा छिटोमा असार १५ गते र ढिलोमा असार २५ गतेसम्म आवेदन दिन सकिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।