काठमाडौं– देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
बिहान देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा सामान्य वर्षा भइरहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको समेत महाशाखाले जनाएको छ।
सुदूरपश्चिम, लुम्बिनी र प्रदेश १ का केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सचेत रहनसमेत महाशाखाले आग्रह गरेको छ।
आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहने बताउँदै महाशाखाले देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।