काठमाडाैं- पत्रकार महासंघ बाँकेले जिल्लाका पत्रकारलाई दुई लाखको दुर्घटना वीमा गरिदिने भएकाे छ।
बुधबार बसेकाे बैठकले सम्भावित जोखिमलाई मध्यनजर गर्दै सम्पूर्ण सदस्य र जिल्लामा क्रियाशिल रहेका अन्य पत्रकारका लागि दुर्घटना वीमा गर्ने निर्णय गरेको हाे।
यसबाट मोफसलमा रहेर सञ्चार क्षेत्रमा क्रियाशिल रहेका बाँकेका पत्रकारलाई आइपर्ने सम्भावित जोखिम टार्न सघाउ पुग्ने अपेक्षा गरिएको सचिव कमल डाँगीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।