काठमाडौं– दोस्रो चरणको कोरोना भाइरस संक्रमण पछिल्लो केही दिनयता घटिरहेको छ। तर देशका केही जिल्लामा भने पछिल्लो १४ दिनमा तुलनात्मक रुपमा कोरोना संक्रमितको संख्या बढिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बुधबार नियमति प्रेस विफ्रिङका क्रममा मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो १४ दिनमा तुलनात्मक रुपमा उदयपुर, पाँचथर, तेह्रथुम, नुवाकोट, नवलपरासी पूर्व, रोल्पा, हुम्ला, जुम्ला, रुकुम पश्चिम, दैलेखमा संक्रमितको संख्या बढिरहेको छ भने सुदूरपश्चिमका डोटी र बाजुरामा पनि पछिल्लो १४ दिनमा तुलनात्मक रुपमा संक्रमितको संख्या बढिरहेको मन्त्रालयले जनाएको छ।
बाँकी जिल्लामा संक्रमण कम भइरहेको मन्त्रालयको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।