काठमाडौं– विपद् नियन्त्रणमा सबै मन्त्रालयलाई परिचालित गरिने भएको छ। बुधबार गृहमन्त्री खगराज अधिकारीको नेतृत्वमा बसेको बैठकले उक्त निर्णय गरेको हो।
विपद व्यवस्थापनसम्बन्धी कार्यकारी समितिको बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना, २०७८ पारित गर्दै सबै मन्त्रायललाई परिचालित गरिने निर्णय गरेको हो।
सबै मन्त्रायलको प्रयासबाट मात्रै विपद् व्यवस्थापन सहज हुने भएकाले सबै मन्त्रालयलाई संयुक्त रुपमा परिचालित गरिने निर्णय भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलले बताए।
मनसुनको सय दिनको अवधिमा गर्नुपर्ने कार्ययोजना पनि पारित गरेको उनले बताए। बाढीपहिरोबाट प्रभावित भएका ठाउँमा तत्काल उद्दार र खाद्यसहितको सामाग्री पठाउने निर्णय समेत भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।