काठमाडौं– स्वास्थ्यमन्त्री एवं सिन्धुपाल्चोकका निवर्तमान सांसद शेरबहादुर तामाङले मेलम्ची र इन्द्रावती नदीमा आएको बाढी प्रभावितको सहयोगमा जुट्न सबैलाई आग्रह गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले तत्काल सहयोगमा जुट्न आग्रह गरेका हुन्।
मन्त्री तामाङले सरकारका तर्फबाट तत्कालका लागि पाल, खाद्यान्नलगायत राहत उपलब्ध गराउने बताएका छन्। उनीसँगै अन्य मन्त्रीहरु आजै निरीक्षण जाने र आवश्यक राहत तथा पुनःस्थापनाका लागि पहल गरिने उनको भनाइ छ।
यसैबीच, सभामुख अग्निप्रसाद सापकोटाले पनि तत्काल राहत तथा सहयोगमा जुट्न अपिल गरेका छन्।
मेलम्ची र इन्द्रावती नदीमा आएको भिषण बाढीले मेलम्ची खानेपानीको आयोजना स्थलसँगै सिन्धुपाल्चोकका तिम्बु, चनौटे, तालामाराङ, मेलम्चीलगायत बजारमा भोतिक तथा मानवीय क्षति पुगेको छ।
त्यसैगरी बाढीले चोक्पा पुल, तिम्बु पुल, फट्टे पुल, मेलम्ची पूल, बाहुनेपाटी पुलसमेत बगाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।