काठमाडौं– अविरल वर्षाका कारण सिन्धुपाल्चाकको मेलम्ची (इन्द्रावती) नदीमा आएको बाढीले बगाएर ५ जना बेपत्ता भएका आशंका गरिएको छ।
हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले हेलम्बु क्षेत्रमा बाढीले ४ देखि ५ जना बगाएको विवरण प्राप्त भएको जानकारी दिए। अध्यक्ष शेर्पाले बाढीले केही घर समेत बगाएको बताए।
'मेलम्ची नदीको मुहानस्थल नाकुतेबाटै बाढी आएको छ। बाढीले हेलम्बु–२ किउल, ग्याल्थुम र मेलम्ची नदी आसपासका ट्राउट फर्म रिसोर्ट सहित केही घर बगाएको छ,' उनले भने, 'जताततै पुल सडक बगाएको छ, क्षतिबारे बुझ्दैछौं, यकिन विवरण आइसकेको छैन् ।'
बाढीका कारण सिन्धुपाल्चोकको हेलम्बुस्थित चनौटे र ग्याल्थुम बजार डुवानमा परेको छ। हेलम्बुमा रहेको प्रहरी कार्यालय भवनसम्म बाढी पसेको छ।
स्थानीयले भने मेलम्ची खानेपानी आयोजनाको बाँध फुटेर बाढी आएको बताएका छन्। तर, प्रहरीले भने बाँध फुटेको यकिन भइनसकेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।