काठमाडौं- मनसुन सक्रिय भएसँगै देशभर वर्षा सुरू भएको छ। मनसुनी वायुका प्रभावले आज देशका अधिकांश स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नारायणी र गण्डकी तटिय क्षेत्रमा भने पछिल्लो २४ घन्टामा भारी वर्षा भएको र थप वर्षा हुने सम्भावना रहेको बाढी पूर्वानुमा महाशाखाले जनाएको छ।
पछिल्लो २४ घण्टामा चितवन, नवलपुर, पश्चिम नवलपरासी, रुपन्देही, पाल्पा, कास्की, म्याग्दी र आसपासका जिल्लाहरुमा भारी वर्षा मापन भएको र थप वर्षा हुने पूर्वानुमान रहेकाले तटीय क्षेत्र, कमजोर तथा भिरालो जमीन र डुबान भइरहने होचा स्थानमा आज रातिसम्मै उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।