काठमाडौं- गण्डकी र नारायणी नदीको जलाधार क्षेत्रमा पछिल्लो ६ घन्टामा भारी वर्षा भएसँगै उक्त क्षेत्रका अधिकांश नदीमा पानीको बहावले खतराको संकेत पार गरेको छ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार चितवन र कास्की लगायतका क्षेत्रमा भारी वर्षा भएको छ। कास्कीको घोडेपानी, पाल्पाको तानसेन चितवनको भरतपुर, रामपुर र आसपासका क्षेत्रहरूमा पछिल्लो ६ घण्टामा भारी वर्षामापन भएको र थप वर्षा हुने सम्भावना भएको महाशाखाले जनाएको छ।
खोलामा पानीको बहाव बढेका कारण सतर्कता अपनाउन तटिय क्षेत्रका बासिन्दालाई महाशाखाले अनुरोध गरेको छ।
बाढी पूर्वानुमान महाशाखाले नारायणी र गण्डकी तटिय क्षेत्रका १४ नदीमा पानीको बहाव उच्च भएको भन्दै चेतावनी जारी गरेको छ। जसमा नारायणी, तिनाउ, गण्डकी बेसिन रहेका छन्।
आज दिउँसो र राति प्रदेश–२, वाग्मती, गण्डकी, लुम्बिनी तथा कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ। यो क्रम बिहीबारसम्म नै कायम रहने महाशाखाद्वारा जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।
कुन खोलाको अवस्था कस्तो छ? जानकारीका लागि यहाँ क्लिक गर्नुहोस्
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।