काठमाडौं- गण्डकी र नारायणी नदीको जलाधार क्षेत्रमा पछिल्लो ६ घन्टामा भारी वर्षा भएको छ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार चितवन र कास्की लगायतका क्षेत्रमा भारी वर्षा भएका कारण नदीहरुमा पानीको बहाव उच्च बनेको छ।
विहान सवा १० बजेसम्म कास्कीको घोडेपानी, पाल्पाको तानसेन लगायतका स्थानमा भारी वर्षा भएको महाशाखाले जनाएको छ। त्यस्तै चितवन भरतपुर, रामपुर र आसपासका क्षेत्रहरूमा पछिल्लो ६ घण्टामा भारी बर्षामापन भएको र थप वर्षा हुने सम्भावना भएकाले तटीय क्षेत्र र डुबान भइरहने होचा स्थानमा हुनेहरूले भोलि बिहानसम्म उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।