काठमाडौं- मनसुन सक्रिय भएसँगै देशभर वर्षा सुरू भएको छ। मनसुनी वायुका प्रभावका कारण आज देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ।
वर्षाको सम्भावना बढेसँगै देशका विभिन्न नदीनालामा बाढी र पहाडी क्षेत्रमा पहिरोको सम्भावना रहेको भन्दै बाढी पूर्वानुमान महाशाखाले सूचना जारी गरेर सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाले तीन दिने पूर्वानुमान सूचनासमेत जारी गरेको छ।
जसअनुसार आज कोशी र यसका सहायक नदीमा बहाव सामान्य रहने नारायणी, कर्णाली र महाकाली जलाधारका केही स-साना सहायक नदीमा मध्य र भारी वर्षा भइ बहाव केही बढ्ने र केही स-साना नदीमा बहाब सतर्कता तह आसपास पुग्ने पूर्वानुमान गरिएको छ।
आगामी तीन दिन कालीगण्डकी, तिनाउ, पश्चिम राप्ती, बबइ, भेरी र यसका सहायक नदीजलाधार तथा चुरे र तराईका केही नदीमा पानीको वहाब बढ्न सक्ने भएकाले तटिय क्षेत्रमा विशेष सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ। 
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।