काठमाडौं- कालिगण्डकीको प्रमुख शाखा नदी बढीगाडले सतर्कता तह पार गरेको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले बढीगाड नदी रुद्रबेनी जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको जनाएको छ।
नदीमा पानीको बहाव बढीरहेको र उक्त नदी जलाधारमा थप वर्षा हुने सम्भावना भएकाले तटिय क्षेत्रमा आज राति सम्मै उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
कालीगण्डकी, तिनाउ, पश्चिम राप्ती, बबई, भेरी र यसका सहायक नदी जलाधार लगायत लुम्बनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको चुरे र तराई भइ बहने केही स साना नदीमा पानीको बहाव उच्च भएकोले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।