काठमाडौं– पछिल्लो २४ घन्टामा ५ हजार भन्दा धेरै कोरोना संक्रमित संक्रमणबाट मुक्त भएका छन्।
सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा ५ हजार १ सय ४७ जना निको भएका हुन्।
यससँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ५ लाख ३६ हजार २ सय ५२ जना पुगेको छ। मन्त्रालयलका अनुसार कोरोना निको हुने दर ८७.८ प्रतिशत रहेको छ।
मन्त्रालयका अनुसार ९ हजार ४ सय ३८ जनाको पीसीआर र ५ हजार ३ सय ८१ जनाको एन्टिजेन परीक्षण गर्दै आज थप २ हजार ९ सय १८ जनामा संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घन्टामा कोरोनाबाट थप ५३ जनाको मृत्यु भएको छ।
सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा देशका विभिन्न भागमा थप ५३ जनाको मृत्यु भएको हो।
यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार ४ सय ६५ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।