काठमाडौं– एमाले नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना भएका छन्।
स्वास्थ्यमा सामान्य समस्या देखिएपछि नेता खनाल सोमबार बिहान नर्भिक इन्टरनेसनल हस्पिटलमा भर्ना भएको उनको निजी सचिवालयले जनाएको छ।
अहिले उनको स्वास्थ्य स्थिति सामान्य रहेको उपचारमा संलग्न चिचित्सकले बताएका छन्। नेता खनाल केही दिन हस्पिटलमै रहने चिकित्सकको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।