काठमाडौं– फ्रेन्च ओपन २०२१को उपाधि नोवाक जोकोविचले जितेका छन्। विश्व वरियताका नम्बर १ सर्बियन खेलाडी जोकोविचले ग्रिसका स्टेफानोस सितसिपासलाई पराजित गरी उपाधि हात पारेका हुन्।
पेरिसमा आइतबार राति भएको खेलमा ग्रीसका स्टेफानोस सिसेपसलाई हराउँदै जोकोभिच च्याम्पियन बनेका हुन्।
उपाधि जित्ने क्रममा विश्व नम्बर जोकोभिचले पाँचौं वरीयताका स्टेफानोसलाई ६–७(६–८), २–६, ६–३,६–२ र ६–४ को सेटमा पराजित गरे।
जोकोभिचको यो १९ औं ग्राण्डस्लाम उपाधि हो भने फ्रेन्च ओपनमा दोस्रो जित हो । यसअघि उनले सन् २०१६ मा पनि उपाधि हात पारेका थिए।
सेमिफाइनलमा जोकोभिचले राफायल नाडाललाई हराएका थिए। स्टेफानोसले जर्मनीका एलेक्स्जेन्डर ज्वेरभलाई हराएर फाइनलमा स्थान पक्का गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।