काठमाडौं- सरकारले आगामी आर्थिक वर्ष २०७५/०७६ का लागि १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। सरकारले जारी गरेको बजेट ४ खर्ब २५ अर्ब घाटामा छ।
बजेटमा चालू खर्चतर्फ ८ खर्ब ४५ अर्ब ४४ करोड ७५ लाख अर्थात् ६४ दशमलब ३ प्रतिशत छुट्याइएको छ।
पुँजीगत अर्थात् विकास खर्चतर्फ ३ खर्ब १३ अर्ब ९९ करोड ८२ लाख अर्थात् २३ दशमलब ९ प्रतिशत विनियोजन गरिएको छ।
वित्तीय व्यवस्थातर्फ १ खर्ब ५५ अर्ब ७१ करोड ६० लाख अर्थात् ११ दशमलब ८ प्रतिशत विनियोजन गरिएको छ।
बजेटको खर्च व्यहोर्ने स्रोत अर्थात् आम्दानीका रुपमा राजश्व संकलनमा ८ खर्ब ३१ अर्ब ३१ करोड ८० लाख अनुमान गरिएको छ।
यसैगरी, वैदेशिक अनुदानबाट ५८ अर्ब ८१ करोड ५५ लाख जुटाउने अनुमान छ।
जस अनुसार यो बजेट ४ खर्ब २५ अर्ब २ करोड ८२ लाख रुपैयाँ घाटामा रहेको छ। न्यून बजेट पूर्ति गर्न सरकारले २ खर्ब ५३ अर्ब २ करोड ८२ लाख रुपैयाँ वैदेशिक ऋणबाट जुटाउने बताएको छ। यस्तै आन्तरिक ऋणबाट १ खर्ब ७२ अर्ब रुपैयाँ ब्यहोर्ने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।