काठमाडौं– सरकारले कर्मचारीहरुको तलब नबढाई भत्ता मात्र बढाएको छ। तलब बढाउन तलब सुझाव आयोग गठन गरिने अर्थमन्त्री डा.युवराज खतिवडाले बजेट भाषणमार्फत जानकारी गराएका छन्।
कर्मचारीको भत्ता भने बढेको छ। सबै कर्मचारीको २ हजार महंगी भत्ता बढेको छ। यसअघि महंगी भत्ता कर्मचारीले १ हजार रुपैयाँ पाउने गरेका थिए।
त्यस्तै, पोशाक भत्ता बढाएर १० हजार रुपैयाँ पुर्याएकाे छ। यसअघि पोशाक भत्ता ७ हजार ५ सय रुपैयाँ थियो।
तलब बृद्धि नगरे आन्दोलन गर्ने कर्मचारीहरुले चेतावनी दिदै आएका थिए।
त्यस्तै कर्मचारीको बिमा १ लाख रुपैयाँबाट २ लाख पुर्याएकाे छ
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।