• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

महामारीले ‘फुर्सदिला’ शिक्षकका गुनासै–गुनासा : शिक्षाविद् भन्छन्– प्रविधि भएन भन्‍ने शिक्षक मूर्ख हुन्

64x64
पुष्पा थपलिया बिहीबार, असार ३, २०७८  ०८:०९
1140x725

काठमाडौं- काभ्रे जिल्लाको एक सरकारी स्कूलमा नेपाली भाषा पढाउने शिक्षक हुन् ज्ञानेन्द्र ओझा। निषेधाज्ञाका कारण स्कूल खुलेको छैन। आफूले पढाउने विद्यार्थी भेट्न नपाउँदा ओझा दुःखी छन्। त्यसैमाथि सरकारी शिक्षकमाथि लगाइएका विभिन्‍न आरोप-प्रत्यारोपले उनको आत्मबल घटेको छ।

‘महामारीको समयमा सरकारले जस्तोसुकै काममा खटाए पनि खटिन तयार छौं, तर बसीबसी तलब खायो भनेको सुन्दा नरमाइलो लाग्छ,’ उनले भने, ‘काम गरेको छैन, तलब खान्‍न भन्‍ने स्थिति पनि छैन। जानेको काम पढाउने हो, तलब आएन भने घरपरिवार कसरी पाल्नु?’

ज्ञानेन्द्रले भनेजस्तै आरोपको चपेटामा परेकी छन्, नुवाकोटकी विज्ञान विषयकी शिक्षिका दीलसरा बराल। ‘सामाजिक सञ्जाल लगायतका प्ल्याटफर्ममा सरकारी शिक्षकले कामै नगरी तलब खायो भन्छन्। निजीले अनलाइनबाट पढायो, सरकारीले केही गरेन, खाएको कसरी पच्ला भनेको समेत देखें,’ दिलसराले थपिन्, ‘सरकारी स्कूलका शिक्षकले अनलाइनबाट पढाउन हरेक विद्यार्थीको हातमा प्रविधि र इन्टरनेट हुनुपर्‍यो। सरकारी स्कूलको शिक्षकलाई ‘हलो अड्काएर गोरू चुट्ने’ काम गरेजस्तै गरिरहेका छन्।’

धादिङको एक सरकारी विद्यालयकी अंग्रेजी शिक्षिका राममाया थपलिया पनि यसमा सहमति जनाउँछिन्। ‘सरकारी स्कूलका विद्यार्थी लकडाउनकै कारण पढाइमा कमजोर बनिरहेका छन्। यसको जिम्मेवारी शिक्षकले नै लिनुपर्छ तर हामी चाहेर पनि उक्त जिम्मेवारी निभाउन सक्दैनौं,’ उनले भनिन्।

प्रायः सरकारी स्कूलका विद्यार्थी आर्थिक रूपमा कमजोर हुन्छन्। उनीहरू प्रविधिको पहुँचभन्दा बाहिर छन्। यस्तो अवस्थामा अनलाइन कक्षाको कुरा त परै जाओस्, पहिले कक्षाकोठामा पढाएका कुरा पनि भुल्दै गएको उनको भनाइ छ।

‘घरमा नपढेका अभिभावक, जो विद्यार्थीलाई पढाइभन्दा काम गरेको देखेर खुसी हुन्छन्, उनीहरूले पहिले कक्षाकोठामा पढेको पनि भुलिसके,’ उनले भनिन्।

देशभर सरकारी स्कूल पढाउने शिक्षक एक लाख ५० हजारको हाराहारीमा छन्। त्यस्तै ५० हजारको हाराहारीमा सरकारी स्कूलमा काम गर्ने कर्मचारी छन्। जो यतिखेर कामविहीन बनेका छन्। उनीहरू स्कूल पढाउन जाँदैनन् तर तलब भने नियमितरूपमा पाइरहेका छन्।

'प्रविधि भएन भन्‍ने शिक्षक मूर्ख हुन्'
शिक्षाविद् विद्यानाथ कोइराला विद्यार्थीलाई पढाउने हैन, सिकाउनुपर्ने बताउँछन्। अहिले घरमा बसीबसी तलब थाप्ने शिक्षकलाई उनी भन्छन्, ‘विद्यार्थी पढाउने हो भने कक्षाकोठा र भौतिक उपस्थितिको आवश्यकता पर्छ, तर सिकाउन यी कुराहरू केही चाहिँदैन।’

Ncell 2
Ncell 2
nimb
nimb

शिक्षकले घरमै बसेर फोन, रेडियो, टेलिभिजन या अफलाइन सेन्टरको प्रयोग गरेर विद्यार्थीलाई सिकाउन सक्ने उनको भनाइ छ। ‘विद्यार्थी घरमा छ, भेट्ने माहोल मिलेन त के भयो? फोनबाटै तिम्रो बारीमा के छ? मकैको जुँगा पलाएको छ भने त्यसले के काम गर्छ? जस्ता प्रश्न दिने र खोज्न लगाउने गर्दा उनीहरूले वातावरण बुझ्छन्, विज्ञानका कुरा बुझ्छन्,’ उनले भने।

विद्यानाथ कोइराला, शिक्षाविद्

शिक्षाविद् कोइरालाका अनुसार सरकारी विद्यालयका शिक्षकहरूमा विद्यार्थीलाई सिकाउने कलाको अभाव रहेको छ। उनले भने, ‘यो शिक्षा मन्त्रालयको कूबुद्धि हो।

हरेक सरकारी शिक्षकको विद्यार्थी नपढाउने बहाना प्रविधि बनेको उनको बुझाइ छ। ‘हामीले यस्ता मूर्ख शिक्षकको हातमा छोराछोरी सुम्पिएका छौं कि, उनीहरू प्रविधि भनेर इन्टरनेट र स्मार्ट फोनमात्रै बुझ्छन्,’ कोइरालाले भने, ‘हामी सानो हुँदा प्रयोग गरिएका हातहतियार, कोदालो, ढिकीजाँतो, पानीघट्ट पनि प्रविधि हो भनेर कसले शिक्षकलाई बुझाइदिने? यी विषयवस्तुको बारेमा जानकारी दिने, कसरी बन्छ, काम कसरी गर्छ लगायतका कुरा सिकाउनु पनि प्राविधिक ज्ञान बाँड्नु हो।

यस्ता कुरा सरकारी शिक्षकलाई बुझाउन नसक्नु शिक्षा मन्त्रालय र शिक्षकको हकहितका लागि खोलिएका संगठनको कमजारी रहेको उनको भनाइ छ।

कक्षा कोठामासमेत तह लगाउन मुस्किल पर्ने विद्यार्थीलाई टाढा बसेर सिकाउन सकिएला र? भन्‍ने प्रश्नमा शिक्षाविद् कोइरालाले भने, ‘मेरो सानो नाति छ, जो मख्ख परेर सासै रोकुँला जसरी मोटुपत्लु हेर्छ। त्यो देखेर मलाई मोटुपत्लु बनाउने मान्छेलाई सलाम गर्न मन लाग्छ।’

चकचके विद्यार्थीको कुरा गर्दा यो भन्दा राम्रो उदाहरण अरू नभएको उनको बुझाइ छ। ‘एक जना मात्रै हैन, सबै बालबालिकाको दिमागमा मोटुपत्लु बस्नसक्छ भने हाम्रा शिक्षकले त्यस्तै सामग्री बनाएर किन नपढाउने?,’ शिक्षाविद् कोइरालाको प्रश्न छ।

साना बालबालिकालाई मोटुपत्लुजस्तै आकर्षक र ज्ञानबर्द्धक पाठ्यसामग्री तयार पार्न उनी सुझाउँछन्। भन्छन्, ‘आफ्ना छोराछोरी निजीमा पढाएको छु, अर्काको छोराछोरी मतलब भएन भनेर समय बिताउन विद्यालय जाने शिक्षकले यस्ता पाठनसामग्री बनाउन सक्दैनन्?’

७७ वटै जिल्लाका शिक्षकलाई आकर्षक पाठ्यसामग्री तयार पार्न लगाउने र त्यसलाई सबै जिल्लामा बाँड्ने हो भने फलदायी हुने कोइरालाको भनाइ छ।

प्रकाशित मिति: बिहीबार, असार ३, २०७८  ०८:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
पुष्पा थपलिया
थपलिया कला बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
लोक गीतमा दुर्गेशले उब्जाएका प्रश्न
साउने हाइकमा जुका र झाडीसँग पौँठेजोरी [फोटोफिचर]
ठूलोबाट सानो पर्दामा झर्‍यो फिल्म, गुणस्तरको चिन्ता
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सहकारीमा राष्ट्र बैंकको निगरानी, १२ संस्थाको निरीक्षणमा भेटिए यस्ता कमजोरी सोमबार, असोज ५, २०८३
बसमा आगलागीपछि राहदानी वितरण सेवा प्रभावित सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीः प्रधानमन्त्री बालेनको फेसबुकमा देखिन छोड्यो दैनिक विवरण सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्