प्रतीकात्मक तस्वीर
काठमाडौं– सिद्धार्थ राजमार्गअन्तर्गत पोखरा–स्याङ्जा खण्डको भालुपहाडमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ।
केही दिनदेखिको लगातारको वषासँगै गएको पहिरोका कारण बाटो अवरुद्ध भएको हो। भालुपहाडमा सडक विस्तार गरिएको ठाउँमा अहिले पनि पहिरो झरिरहेको छ।
माथिबाट ढुगांसहितको ठूलो पहिरो खसेको जिल्ला प्रहरी कार्यलय स्याङ्जाका प्रहरी नायब उपरीक्षक राजेन्द्र अधिकारीले बताए।
पहिरोका कारण सिद्धार्थ राजमार्गको पोखरा–स्याङ्जा सडक खण्ड बन्द भएको हो।
सडक विभाग तथा सम्बन्धित निकायसँगको समन्वयमा बाटो खुलाउने कार्य थालिए पनि पानी परिरहेकाले सडक खुलाउन समय लाग्ने भएको छ।
पोखराबाट सडक विभागको डोजर ल्याएर सडक खुलाउने तयारीमा जुटेको प्रहरीले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।