सुनसरी- सुनसरीको इटहरी उपमहानगरपालिका-२० तरहराको चौतारी चोकमा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लाग्दा श्रीमान् र श्रीमतीको मृत्यु भएको छ। मृत्यु हुनेमा उदयपुर रौतामाई घर भई सोही स्थानमा कोठा लिएर बस्ने २६ वर्षीय हेमसेर राई र निजकै श्रीमती २३ वर्षीया शर्मिला राई रहेका छन्।
शनिबार बिहान ६ बजे स्थानीयले घरनजिकै खार्सल खोलामा मृत अवस्थामा दम्पती फेला परेपछि प्रहरीलाई खबर गरेका थिए। इलाका प्रहरी कार्यालय इटहरी र प्रहरी चौकी तरहराबाट प्रहरी टोली खएको थियो। घटनास्थलमा उनीहरुले आफू बसेको घरबाट बिजुलीको लाइन जोडेर खोलामा लगेको भेटिएको थियो।
उनीहरुले गएराति खोलामा गई माछा मार्न खोज्दा करेन्ट लागेर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। कोठामा उनीहरुको चार वर्षीया छोरी मात्र रहेकोले बिहानमात्र घटनाको बारेमा जानकारी पाइएको प्रहरीले जानकारी दिएको छ। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।