काठमाडौं– सामाजिक अभियान्ताका रुपमा परिचित ज्ञानेन्द्र शाहीले आफूहरुकोे समूहमाथि आक्रमण भएको जनाएका छन्।
शुक्रबार मध्य राति सुर्खेतमा आफूहरुको समूहमाथि आक्रमण भएको भन्दै शाहीले सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गरेका छन् जहाँ उनी रुँदै घाइते एक युवकलाई अंगालो मारिरहेका देख्न सकिन्छन्।
गाडी भित्र रहेका उनलाई शाहीले रुँदै अँगालो मारेको भिडियोमा देख्न सकिन्छ भने युवकको टाउकाको पछाडि भागमा चोट लागेको र रगत बगिरहेको छ। घाइतेलाई प्राथमिक उपचार गरिएको भिडियोमा देख्न सकिन्छ।
कोभिडबाट लाखौ नागरिक बचाउन लागिरहँदा पनि आफ्नो ज्यान बचाउन नसकिएको शाहीले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्। आफूसहित राजेश महत, कृष्ण पाण्डे, तिलक बस्नेत, नीतु खड्का, लोक बहादुर रोकाया, शान्त शर्मा, सीता आचार्य, महेश बीसी र खगेन्द्र बजगाईंमाथि आक्रमण भएको शाहीले जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।