• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक ३, २०८३ Tue, Oct 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

जब न्यायाधीशले युट्युबको भिडियो हेर्नै सकेनन्...

मानव अधिकार आयोगदेखि पत्रकार महासंघसम्मको नाममा आदेश 
64x64
नेपाल लाइभ शनिबार, जेठ २९, २०७८  १०:००
1140x725

काठमाडौं- केही दिनयता युट्युब, टिकटक लगायतका सामाजिक सञ्जालमा राउटे महिलामाथि यौन दुर्व्यवहारको घटनालाई भाइरल बनाइएपछि जिल्ला अदालत सुर्खेतले सुनुवाइ सुरु नहुँदै न्यायीक सक्रियता देखाएको छ। 

विभिन्न युट्युब च्यानलहरुले पीडितको पहिचान सार्वजनिक गराउने, अनुसन्धानका क्रममा रहेका कतिपय अवस्थालाई तोडमोड गरर मानिसमा नयाँ भाष्य सिर्जना गर्ने अवस्था देखेपछि न्यायाधीश राजेन्द्रकुमार आचार्यको इजलासले यस्ता समाग्री तत्काल हटाउन कडाइका साथ कारवाहीको दायरामा ल्याउन निर्देशन दिएको छ। 

जिल्ला अदालतले राष्ट्रिय मानवअधिकार आयोग, नेपाल पत्रकार महासंघ र जिल्ला प्रहरी कार्यालयलाई पनि ध्यानाकर्षण गराएको छ।

सरकारी वकिल र अनुसन्धानमा संलग्न भएका प्रहरीहरुले पछिल्ला दिनमा सामाजिक सञ्जालमा आएका सामाग्रीहरु हेर्दा अनुसन्धानको मर्यादा, विद्यमान कानुन र पीडितको संरक्षण भन्दा पीडितलाई झन् पीडा दिने अवस्था देखाएपछि तत्काल न्यायीक सक्रियता नदेखाउने हो भने अवस्था गलत बाटोमा जानसक्ने बताएसँगै जिल्ला अदालतले आदेश गरेको छ। 

विशेष गरि पहिलो सुनुवाइ वा थुनछेक आदेशका क्रममा यस्तो आदेश जारी गर्ने गरिन्छ तर न्यायाधीश आचार्यले यी सामाग्रीहरु हेर्नै नसकिने अवस्थामा आइरहेको देखेपछि आरोपीहरुलाई दोस्रो पटक म्याद थपका लागि अदालत पेश गरेकै अवस्थामा यस्तो आदेश जारी गरेका हुन्। 

सुर्खेत जिल्ला अदालतले राउटे युवतीमाथि भएको यौन दुर्व्यवहारको भिडियो प्रसारण गर्ने युट्युव र साइटलाई कडाका साथ बन्द गर्न आदेशमा भनेको जिल्ला अदालतका कर्मचारी कलबहादुर वुढाले जानकारी दिए। 

करणीजन्य अपराधका सामग्री गोप्य हुनुपर्नेमा केही युट्युबमा पीडितको पहिचान खुलाएर भिडियो सार्वजनिक गरिएको र यसले अनुसन्धानदेखि पीडितलाई थप पीडा दिने भएकाले बन्दै गर्न आदेश गरेको हो। 

शुक्रबार न्यायाधीश आचार्यको इजलासले यौन दुर्व्यवहारको भिडियो युट्युबबाट तत्काल हटाउन आदेशमा भनेका छन्। ‘संवेदनशील विषयमा जथाभावी सामग्री प्रसारण गर्नेविरुद्ध कारबाही गर्न तथा त्यस्ता साइटहरु आवश्यकता अनुसार बन्द गराउन गृह मन्त्रालयमार्फत सूचना तथा सञ्चार मन्त्रालयलाई समेत अनुरोध गर्नेबारे लेखी पठाउनू,’ आदेशमा भनिएको छ, ‘यो आदेश अनुसार भिडियो नहटाउने साइट तत्काल बन्द गर्ने व्यवस्था मिलाउनु।’ 

Ncell 2
Ncell 2
nimb
nimb

जिल्ला अदालतले गृह मन्त्रालय र सञ्चार तथा सुचना प्रविधि मन्त्रालयलाई समेत यस्ता सामाग्री प्रकाशन भएका बारेमा ध्यानाकर्षण गराउँदै जिल्ला प्रशासन कार्यालयलाई सक्रियता देखाउन भनेको छ। 

‘युट्युब लगायतका सामाजिक सञ्जालमा राखिएका यस्ता सामग्रीहरु हटाउन नेपाल सरकारमार्फत विज्ञप्ति नै जारी गर्नुपर्ने अवस्था देखिएको छ,’ आदेशमा भनिएको छ ‘यसर्थ संघीय गृह मन्त्रालयमार्फत् सूचना जारी गर्न जिल्ला प्रशासन कार्यालय सुर्खेतमा प्रस्तुत आदेशको प्रतिलिपिसहित कारबाहीका लागि लेखी पठाउनू।’

मानव अधिकार आयोगदेखि पत्रकार महासंघसम्मलाई ध्यानाकर्षण 

जिल्ला अदालतले यो घटनामा राष्ट्रिय मानव अधिकार आयोगदेखि नेपाल पत्रकार महासंघसम्मलाई ध्यानाकर्षण गराएको छ। पीडित युवती असुरक्षित रहेको भन्दै राउटे बस्तीको मानव अधिकार अवस्था र ती युवतीहरुको बारेमा अनुमगन गर्न राष्ट्रिय मानवअधिकार आयोगलाई जिल्ला अदालतले ध्यानाकर्षण गराएको छ। अदालतले पीडित युवतीको सुरक्षामा ध्यान दिन सुर्खेत प्रहरीलाई पनि आदेश गरेको छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘पीडितहरुको सुरक्षाको सम्बन्धमा विशेष ध्यान दिन जिल्ला प्रहरी कार्यालयलाई लेखी पठाउनू,’ आदेशमा भनिएको छ, ‘यसबारे पत्रकार महासंघ केन्द्रीय कार्यालयलाई पनि पत्र पठाउनु।’ 

यसरी प्रकाशन, प्रशारण भएका सामाग्रीहरु पत्रकार आचार संहिता, सार्वजनिक सञ्चार माध्यमलाई विद्यमान कानुनी व्यवस्थाले दिएको नदेखिएकाले यस बारेमा अनुगमन गरि आवश्यक कारवाहीका लागि महासंघलाई ध्यानाकर्षण गराएको जिल्ला अदालतका कर्मचारी वुढाले बताए। त्यस्तै नेपाल पत्रकार महासंघ सुर्खेत शाखालाई पनि जिल्ला अदालतले यस्ता सामग्री प्रचारप्रसार नगर्न नगराउनसमेत अदालतले ध्यानाकर्षण गराएको हो। यस्ता सामाग्री प्रकाशन भएको बारेमा आफूले गर्ने सक्ने कामको बारेमा पनि जिल्ला अदातलले ध्यानाकर्षण गराएको छ।  

जेठ २३ गते यौन दुर्व्यवहार गरेको भिडियो बाहिरिएपछि सुर्खेत प्रहरीले आरोपित गुर्भाकोट नगरपालिका–९, बोटेचौर सुर्खेतस्थित होटल सञ्चालक २९ वर्षीय विनोद पुन, सोही ठाउँका ३५ वर्षीय दोमनबहादुर घर्ती र २४ वर्षीय भूपेन्द्र बुढालाई पक्राउ गरेको थियो।

शुक्रबार उनीहरुलाई जिल्ला अदालतले अनुसन्धानका लागि थप १० दिनको समय उपलव्ध गराएको छ।  शुक्रबार मात्रै पीडित युवतीहरुको स्वास्थ्य परीक्षण गराइएको छ। पक्राउ परेका युवाहरुले प्रहरीको बयानमा आफूहरुले घटना गराएको स्वीकार गरेका छन्। उनीहरुले फकाएर होटलमा ल्याएर मदिरा खुवाएको र यौन दुब्र्यवहारको घटना भएको प्रारम्भिक बयानमा उल्लेख छ। प्रहरीले उक्त होटलको सिसिटिभी फुटेजदेखि अन्य विवरण र अनुसन्धान गरिरहेको छ। अनुसन्धान सकेर फाइल जिल्ला सरकारी बकिललाई वुझाएपछि उनीहरुविरुद्ध मुद्दा दायर हुने छ।

प्रकाशित मिति: शनिबार, जेठ २९, २०७८  १०:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो
शीर्ष ६ मा रहँदै नेपालले टुङ्ग्यायो लीग २ क्रिकेट, के हुन्छ नेपालको ओडिआई मान्यता ?
रोहित, दीपेन्द्र र देवको अर्धशतकमा ओमानमाथि नेपालको रोमाञ्चक जित
सम्बन्धित सामग्री
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो आईसीसी विश्वकप लिग-२ अन्तर्गत सोमबार ओमानलाई १० रनले पराजित गरेपछि एसीसीले सामाजिक सञ्जालमार्फत नेपालले ओडीआई मान्यता जोगाएको जनाएको... सोमबार, कात्तिक २, २०८३
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी उनले सशस्त्र प्रहरीका एसएसपी थापालाई अभद्र व्यवहार गरेपछि यो कसुर लागेको थियो। सोमबार, कात्तिक २, २०८३
जुम्लामा युद्धकालीन बम पड्किँदा दुई जना घाइते जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार घाइतेमध्ये एक जनाको अवस्था सामान्य छ भने अर्का १४ वर्ष... सोमबार, कात्तिक २, २०८३
ताजा समाचारसबै
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो सोमबार, कात्तिक २, २०८३
शीर्ष ६ मा रहँदै नेपालले टुङ्ग्यायो लीग २ क्रिकेट, के हुन्छ नेपालको ओडिआई मान्यता ? सोमबार, कात्तिक २, २०८३
रोहित, दीपेन्द्र र देवको अर्धशतकमा ओमानमाथि नेपालको रोमाञ्चक जित सोमबार, कात्तिक २, २०८३
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
जुम्लामा युद्धकालीन बम पड्किँदा दुई जना घाइते सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सरकारले भारतीय फिल्म ‘उड्ता तीर’ को प्रदर्शनमा लगायो प्रतिबन्ध सोमबार, कात्तिक २, २०८३
टाइगर श्राफमाथि गोली चलाउने अभियुक्त नेपाल भाग्ने तयारीमा, रेलवे स्टेसनबाट पक्राउ सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्