• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, चैत ८, २०८२ Sun, Mar 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

जब न्यायाधीशले युट्युबको भिडियो हेर्नै सकेनन्...

मानव अधिकार आयोगदेखि पत्रकार महासंघसम्मको नाममा आदेश 
64x64
नेपाल लाइभ शनिबार, जेठ २९, २०७८  १०:००
1140x725

काठमाडौं- केही दिनयता युट्युब, टिकटक लगायतका सामाजिक सञ्जालमा राउटे महिलामाथि यौन दुर्व्यवहारको घटनालाई भाइरल बनाइएपछि जिल्ला अदालत सुर्खेतले सुनुवाइ सुरु नहुँदै न्यायीक सक्रियता देखाएको छ। 

विभिन्न युट्युब च्यानलहरुले पीडितको पहिचान सार्वजनिक गराउने, अनुसन्धानका क्रममा रहेका कतिपय अवस्थालाई तोडमोड गरर मानिसमा नयाँ भाष्य सिर्जना गर्ने अवस्था देखेपछि न्यायाधीश राजेन्द्रकुमार आचार्यको इजलासले यस्ता समाग्री तत्काल हटाउन कडाइका साथ कारवाहीको दायरामा ल्याउन निर्देशन दिएको छ। 

जिल्ला अदालतले राष्ट्रिय मानवअधिकार आयोग, नेपाल पत्रकार महासंघ र जिल्ला प्रहरी कार्यालयलाई पनि ध्यानाकर्षण गराएको छ।

सरकारी वकिल र अनुसन्धानमा संलग्न भएका प्रहरीहरुले पछिल्ला दिनमा सामाजिक सञ्जालमा आएका सामाग्रीहरु हेर्दा अनुसन्धानको मर्यादा, विद्यमान कानुन र पीडितको संरक्षण भन्दा पीडितलाई झन् पीडा दिने अवस्था देखाएपछि तत्काल न्यायीक सक्रियता नदेखाउने हो भने अवस्था गलत बाटोमा जानसक्ने बताएसँगै जिल्ला अदालतले आदेश गरेको छ। 

विशेष गरि पहिलो सुनुवाइ वा थुनछेक आदेशका क्रममा यस्तो आदेश जारी गर्ने गरिन्छ तर न्यायाधीश आचार्यले यी सामाग्रीहरु हेर्नै नसकिने अवस्थामा आइरहेको देखेपछि आरोपीहरुलाई दोस्रो पटक म्याद थपका लागि अदालत पेश गरेकै अवस्थामा यस्तो आदेश जारी गरेका हुन्। 

सुर्खेत जिल्ला अदालतले राउटे युवतीमाथि भएको यौन दुर्व्यवहारको भिडियो प्रसारण गर्ने युट्युव र साइटलाई कडाका साथ बन्द गर्न आदेशमा भनेको जिल्ला अदालतका कर्मचारी कलबहादुर वुढाले जानकारी दिए। 

करणीजन्य अपराधका सामग्री गोप्य हुनुपर्नेमा केही युट्युबमा पीडितको पहिचान खुलाएर भिडियो सार्वजनिक गरिएको र यसले अनुसन्धानदेखि पीडितलाई थप पीडा दिने भएकाले बन्दै गर्न आदेश गरेको हो। 

शुक्रबार न्यायाधीश आचार्यको इजलासले यौन दुर्व्यवहारको भिडियो युट्युबबाट तत्काल हटाउन आदेशमा भनेका छन्। ‘संवेदनशील विषयमा जथाभावी सामग्री प्रसारण गर्नेविरुद्ध कारबाही गर्न तथा त्यस्ता साइटहरु आवश्यकता अनुसार बन्द गराउन गृह मन्त्रालयमार्फत सूचना तथा सञ्चार मन्त्रालयलाई समेत अनुरोध गर्नेबारे लेखी पठाउनू,’ आदेशमा भनिएको छ, ‘यो आदेश अनुसार भिडियो नहटाउने साइट तत्काल बन्द गर्ने व्यवस्था मिलाउनु।’ 

Ncell 2
Ncell 2

जिल्ला अदालतले गृह मन्त्रालय र सञ्चार तथा सुचना प्रविधि मन्त्रालयलाई समेत यस्ता सामाग्री प्रकाशन भएका बारेमा ध्यानाकर्षण गराउँदै जिल्ला प्रशासन कार्यालयलाई सक्रियता देखाउन भनेको छ। 

‘युट्युब लगायतका सामाजिक सञ्जालमा राखिएका यस्ता सामग्रीहरु हटाउन नेपाल सरकारमार्फत विज्ञप्ति नै जारी गर्नुपर्ने अवस्था देखिएको छ,’ आदेशमा भनिएको छ ‘यसर्थ संघीय गृह मन्त्रालयमार्फत् सूचना जारी गर्न जिल्ला प्रशासन कार्यालय सुर्खेतमा प्रस्तुत आदेशको प्रतिलिपिसहित कारबाहीका लागि लेखी पठाउनू।’

मानव अधिकार आयोगदेखि पत्रकार महासंघसम्मलाई ध्यानाकर्षण 

जिल्ला अदालतले यो घटनामा राष्ट्रिय मानव अधिकार आयोगदेखि नेपाल पत्रकार महासंघसम्मलाई ध्यानाकर्षण गराएको छ। पीडित युवती असुरक्षित रहेको भन्दै राउटे बस्तीको मानव अधिकार अवस्था र ती युवतीहरुको बारेमा अनुमगन गर्न राष्ट्रिय मानवअधिकार आयोगलाई जिल्ला अदालतले ध्यानाकर्षण गराएको छ। अदालतले पीडित युवतीको सुरक्षामा ध्यान दिन सुर्खेत प्रहरीलाई पनि आदेश गरेको छ। 

‘पीडितहरुको सुरक्षाको सम्बन्धमा विशेष ध्यान दिन जिल्ला प्रहरी कार्यालयलाई लेखी पठाउनू,’ आदेशमा भनिएको छ, ‘यसबारे पत्रकार महासंघ केन्द्रीय कार्यालयलाई पनि पत्र पठाउनु।’ 

यसरी प्रकाशन, प्रशारण भएका सामाग्रीहरु पत्रकार आचार संहिता, सार्वजनिक सञ्चार माध्यमलाई विद्यमान कानुनी व्यवस्थाले दिएको नदेखिएकाले यस बारेमा अनुगमन गरि आवश्यक कारवाहीका लागि महासंघलाई ध्यानाकर्षण गराएको जिल्ला अदालतका कर्मचारी वुढाले बताए। त्यस्तै नेपाल पत्रकार महासंघ सुर्खेत शाखालाई पनि जिल्ला अदालतले यस्ता सामग्री प्रचारप्रसार नगर्न नगराउनसमेत अदालतले ध्यानाकर्षण गराएको हो। यस्ता सामाग्री प्रकाशन भएको बारेमा आफूले गर्ने सक्ने कामको बारेमा पनि जिल्ला अदातलले ध्यानाकर्षण गराएको छ।  

जेठ २३ गते यौन दुर्व्यवहार गरेको भिडियो बाहिरिएपछि सुर्खेत प्रहरीले आरोपित गुर्भाकोट नगरपालिका–९, बोटेचौर सुर्खेतस्थित होटल सञ्चालक २९ वर्षीय विनोद पुन, सोही ठाउँका ३५ वर्षीय दोमनबहादुर घर्ती र २४ वर्षीय भूपेन्द्र बुढालाई पक्राउ गरेको थियो।

शुक्रबार उनीहरुलाई जिल्ला अदालतले अनुसन्धानका लागि थप १० दिनको समय उपलव्ध गराएको छ।  शुक्रबार मात्रै पीडित युवतीहरुको स्वास्थ्य परीक्षण गराइएको छ। पक्राउ परेका युवाहरुले प्रहरीको बयानमा आफूहरुले घटना गराएको स्वीकार गरेका छन्। उनीहरुले फकाएर होटलमा ल्याएर मदिरा खुवाएको र यौन दुब्र्यवहारको घटना भएको प्रारम्भिक बयानमा उल्लेख छ। प्रहरीले उक्त होटलको सिसिटिभी फुटेजदेखि अन्य विवरण र अनुसन्धान गरिरहेको छ। अनुसन्धान सकेर फाइल जिल्ला सरकारी बकिललाई वुझाएपछि उनीहरुविरुद्ध मुद्दा दायर हुने छ।

प्रकाशित मिति: शनिबार, जेठ २९, २०७८  १०:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सिंहदरबारको सुरक्षा तयारीबारे गृह मन्त्रालयमा उच्चस्तरीय छलफल
कतारमा सैन्य हेलिकप्टर दुर्घटना, सात जनाको मृत्यु
प्रतिनिधि सभा निर्वाचनको प्रतिवेदन प्रधानमन्त्री समक्ष पेश
सम्बन्धित सामग्री
राप्ती नदीमा अनुमतिविना माछा मार्ने पक्राउ यस्तै गैँडा मुद्दाका तीन, सालक मुद्दाका पाँच, निउरो टिप्ने ११, अवैध रूपमा घाँस दाउरा गर्ने ३० जना, पन्छी मार्ने एक जना, बिनाअनुमति र... आइतबार, चैत ८, २०८२
पाल्पामा टिप्पर दुर्घटनामा हुँदा ४ जनाको मृत्यु मृत्यु हुनेमा अर्घाखाँची सितगंगा नगरपालिका–४ सिद्दाराका २६ वर्षीय चिन्ताबहादुर सुनार (चालक), सोही स्थानका २६ वर्षीय सुनिल बि.क., रुप... आइतबार, चैत ८, २०८२
बुटवल–नारायणगढ सडक अझै अवरुद्ध हिउँदे वर्षा रोकिए पनि सडकमा जमेको हिलो तथा दाउन्ने पहाडबाट लेदो माटो बग्ने क्रम नरोकिँदा सवारीसाधन सञ्चालनमा कठिनाइ भइरहेको जिल्ला... आइतबार, चैत ८, २०८२
ताजा समाचारसबै
सिंहदरबारको सुरक्षा तयारीबारे गृह मन्त्रालयमा उच्चस्तरीय छलफल आइतबार, चैत ८, २०८२
कतारमा सैन्य हेलिकप्टर दुर्घटना, सात जनाको मृत्यु आइतबार, चैत ८, २०८२
प्रतिनिधि सभा निर्वाचनको प्रतिवेदन प्रधानमन्त्री समक्ष पेश आइतबार, चैत ८, २०८२
राष्ट्रिय मान्यता प्राप्त ६ दलमध्ये २ दलले प्रमुख सचेतकको सुविधा नपाउने आइतबार, चैत ८, २०८२
राष्ट्रिय सभामा आगामी अधिवेशन तयारीबारे उच्चस्तरीय छलफल, विभिन्न कार्यसूचीमा समन्वय आइतबार, चैत ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इजरायलमा इरानको भीषण हमला, नेतन्याहू भन्छन्- आजको रात निकै कठिन आइतबार, चैत ८, २०८२
इरानको न्युक्लियर सेन्टरमा आक्रमण, इजरायलद्वारा आरोप अस्वीकार, अमेरिकी कारबाहीमा टिप्पणी नगर्ने दाबी शनिबार, चैत ७, २०८२
राष्ट्रिय मान्यता प्राप्त ६ दलमध्ये २ दलले प्रमुख सचेतकको सुविधा नपाउने आइतबार, चैत ८, २०८२
ट्रम्पको अल्टिमेटमपछि इरानले भन्योः युद्ध अब नयाँ चरणमा आइतबार, चैत ८, २०८२
कांग्रेस पूर्वसभापति देउवा सिंगापुरबाट हङकङ प्रस्थान शनिबार, चैत ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
नेविसंघको नीतिगत निर्णय : कांग्रेससँग सम्वन्धविच्छेद, भातृसंस्थाका रुपमा नरहने शुक्रबार, चैत ६, २०८२
रवि लामिछानेको अभिव्यक्तिप्रति बाबुराम भट्टराईको टिप्पणी- फलेको हाँगो निहुरिन्छ भन्ने झल्कियो बुधबार, चैत ४, २०८२
सर्वोच्च अदालतका न्यायाधीश पोखरेलविरुद्ध न्याय परिषदमा उजुरी सोमबार, चैत २, २०८२
रवि लामिछानेको अभियोग पत्र संशोधन सम्बन्धी मुद्दामा बहस सकियो, न्यायाधीशहरू आदेश तयार पार्न छलफलमा मंगलबार, चैत ३, २०८२
नेकपाले टुंग्यायो समानुपातिकतर्फका नाै जना सांसदको नाम आइतबार, चैत १, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्