काठमाडौं– प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले राष्ट्रपति बिद्यादेवी भण्डारुी र प्रधानमन्त्री केपी शर्मा ओलीको तोडफोम गरेर आपत्तिजनक फोटो फेसबुकमा राखेको आरोमपा २ जनालाई पक्राउ गरेको छ।
उदयपुर र नवलपरासीबाट १/१ जनालाई प्रहरीले पक्राउ गरेको हो। सिआईबीले सोमबार नवलपरासी कावसोती नगरपालिका –१, का २९ वर्षीय सुरज भुुषाल ९जुँगे ०भन्ने तोयाराज भुषाललाई कावासोतीबाट प्रकाउ गरेको हो।
५ दिनअघि अघि उदयपुरका पत्रकार सरोज खत्रीलाई सिआईबीले पक्राउ गरेको थियो।
उनीहरुले राष्ट्रपति र प्रधानमन्त्रीको अँगालो मारेको फोटो बनाएर चरित्रहत्याको उदेश्यले फेसबुकमा पोष्ट गरेका थिए।
पक्राउ परेका दुवैविरुद्ध प्रहरीले बिद्युतीय कारोबार ऐनअनुसार कारबाही अघि बढाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।