फाइल तस्वीर
काठमाडौं- स्वास्थ्यमा समस्या देखिएपछि १०२ वर्षीय वाङ्मय शताब्दी पुरुष डा. सत्य मोहन जोशीलाई अस्पताल भर्ना गरिएको छ। स्वास प्रश्वासमा समस्या, छातीको संक्रमण, मुटको चालमा गडबडी साथै रक्तचापमा कमी देखिएपछि जोशीलाई अस्पताल भर्ना गरिएको हो।
किष्ट शिक्षण अस्पताललको डिलक्स सुइटमा भर्ना गरी उनको उपचार प्रारम्भ गरिएको अस्पतालले जनाएको छ। जोशीको छातीमा निमोनिया संक्रमण देखा परेको र सोको उपचार प्रारम्भ गरिएको अस्पतालले जनाएको छ।
जोशीको पीसीआर परीक्षण रिपोर्ट भने नेगेटिभ आएको छ। उनको स्वासप्रश्वासको स्थिति र मुटुका चाल स्थीर रहेको अस्पताले जनाएको छ।
जोशीको उपचारमा छाती रोग विषेशज्ञ प्रा.डा. मीलेश जंग सिजापतीको नेतृत्वमा कार्डीयोलोजीष्ट तथा क्रिटिकल केयर विषेशज्ञको संयूक्त टोली संलग्न रहेको र उनलाई केही दिन अस्पतालमै राखि उपचार गरिने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।