काठमाडौं–रुपन्देहीमा एक युवकको हत्या भएको छ। हत्या आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।
जेठ २३ गते लुम्बिनी साँस्कृतिक नगरपालिका—४ मनौरा बन्दरगढका ३५ वर्षीय महेन्द्र यादवको हत्या भएको थियो। उनको हत्या आरोपमा इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरीले टोलीले पाँच जनालार्ई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा मनौराकै २२ वर्षीय बलजित पासी, ३० वर्षीय दुर्गेश पासवान, २४ वर्षीय राकेश यादव, र २० वर्षीय सञ्जय पासी र २३ वर्षीय सर्वजित विश्वकर्मा छन्।
महेन्द्रको लाश फेला परेको भन्ने सूचना प्राप्त भएपछि अनुसन्धानमा खटिएको प्रहरी निरीक्षक (इन्सपेक्टर) रबिन्द्र महतसहितको टोलीले उनीहरुलाई पक्राउ गरेको हो। रिसिइबी साँध्न उनीहरुले महेन्द्रको हत्या गरेको पाइएको प्रहरी निरीक्षक महतले बताए।
पक्राउ परेका पाँचै जनाविरुद्ध कर्तव्य ज्यानको कसुरमा जिल्ला अदालत रुपन्देहीबाट म्याद लिएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।