झापा- झापाको छुट्टा छुट्टै २ स्थानमा पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ।
बिहीबार बेलुका साढे ३ बजे अर्जुनधारा नगरपालिका ३ बस्ने ८२ वर्षीया गलमाया खड्का आफ्नै घरको पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागी घाइते भएपछि उपचारको लागी बिर्तासिटी अस्पताल बिर्तामोड लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो।
त्यस्तै बिहीबार बेलुका पौने ६ बजे कमल गाऊपालिका ७ लालधोन्द्रास्थित महेन्द्र धिमालको खेतमा पानी तान्न जडान गरिएको मोटर चलाउन गएका महेन्द्रका भान्जा मोरङ बेलबारी नगरपालिका ४ का १४ बर्षीय सन्देश धिमालको सोही मोटरबाट करेन्ट लाग्दा गम्भिर घाइते भएका उनलाई अस्पताल लैजाँदै गर्दा मृत्यु भएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।